काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ।
वालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोग लागेका बस्न्यातलाई आइतबार विशेष अदालतले बयान लिएपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई थुनामा पठाउने आदेश जारी गरेको विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेले बताए।
ललिता निवास प्रकरणमा अख्तियारले २०७६ माघ २२ गते १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। बस्न्यातविरुद्ध अख्तियारले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबी गरेको थियो।
फर्जी मोह खडा गरेर ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेलेको उनीमाथि अभियोग लागेको छ।
यसअघि विशेष अदालतले ललिता निवास प्रकरणमा मुछिएका अधिकांश आरोपितलाई धरौटी तथा साधरण तारेखमा रिहा गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
