नौ महिनापछि भाटेकोशीको बञ्जीे सञ्चालनमा

काठमाडौँ । कोरोना भाइरसका कारण चैतदेखि बन्द भएको सिन्धुपाल्चोकको भोटेकोशीको बञ्जी जम्प नौ महिनापछि पुनः सञ्चालनमा आएको छ।

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सञ्चालनमा ल्याइएको बञ्जी जम्पमा हाल दैनिक चारदेखि १५ जनासम्मले बञ्जी गर्ने दी लास्ट रिसोर्ट एडभेन्चर प्रालिका व्यवस्थापक कुमार राउतले बताए।

Advertisement

विसं २०५६ देखि सञ्चालित १६० मिटरको उक्त बञ्जी जम्प रोमाञ्चकका दृष्टिकोणले उत्कृष्ट मानिन्छ।

देशमा बन्दाबन्दी लागू हुनुअघि स्वदेशी र विदेशीसहित दैनिक एक सय जनासम्म आउने गरेकामा भर्खरमात्र सञ्चालनमा आएकाले क्रमशः पर्यटकहरु आउने अपेक्षा गरिएको व्यवस्थापक राउतले स्पष्ट गरे।

बञ्जीका लागि युवायुवती बढी आकर्षित हुने र प्रहरी अधिकृत तालीममा सहभागीलाई पनि अनिवार्य रुपमा समावेश गरिएको बताइएको छ।

बञ्जीका लागि स्वदेशीलाई छ हजार रुपैयाँ र विदेशीलाई नौ हजार दुई हजार रुपैयाँ दस्तुर लिने गरिएको छ । बञ्जीका साथै रोमाञ्चक सुइङ पनि सञ्चालनमा आएको छ।

More News last news
Loading...