काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १ हजार २ सय ७१ जना डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ जना पुगेको छ। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ४८ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ७४ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
