पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा जम्मा ७ हजार २ सय ३२ पीसीआर परीक्षण गर्दा १ हजार २ सय १७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Advertisement

मन्त्रालयका अनुसार बिहीबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १ हजार ६४ जना डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ जना पुगेको छ। यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ३ सय ८६ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ६३ पुगेको छ।

More News last news
Loading...