अमेरिकाका ४८ राज्य र संघीय सरकारद्वारा फेसबुकबिरुद्ध मुद्दा

काठमाडौँ । अमेरिकाका ४८ राज्यका एटोर्नी जनरलहरु र संघीय सरकारका तर्फबाट फेसबुकबिरुद्ध संघीय अदालतमा मुद्दा दायर गरिएको छ।

सामाजिक सञ्जालको यस विशाल कम्पनीले डिजिटल मार्केटप्लेसमा आफ्नो प्रभुत्वको दुरुपयोग गरेको र अप्रतिस्पर्धी व्यवहारमा संलग्न भएको आरोपसहित मुद्दा दायर गरिएको हो।

Advertisement

अमेरिकाको संघीय ब्यापार आयोगले फेसबुकले आफ्ना माताहतमा रहेका इन्स्टाग्राम र ह्वाट्सएपलाई प्रभावकारी ढंगले तोडेर अलगअलग संचालन गनुपर्ने र भविश्यमा कुनै स्टार्टअपको मर्जर गर्नुपरेमा अग्रिम सुचना र स्वीकृति लिनेगरी अदालतको आदेशको माग गरेको छ।

फेसबुकले इन्स्टाग्राम र ह्वाट्सएपलाई एउटै स्थानमा गाभेर तीनवटा प्लेटफर्ममा जान प्रयोगकर्तालाई बाध्य पार्नेगरी संचालन गरिरहेको छ।

नीजि सामाजिक नेटवर्किङ लाखौं अमेरिकीहरुको जीवनका लागि केन्द्रीत रहेको बताउँदै अमेरिकाको संघीय ब्यापार आयोगको प्रतिस्पर्धा ब्यूरोका निर्देशक आएन कोनेरले फेसबुकको गतिविधिले उपभोक्ताको प्रतिस्पर्धाको फाइदालाई अस्वीकार गर्दै एकाधिकार कायम गरेको बताएका छन्।

आफूहरुको उद्देश्य फेसुबुकको प्रतिस्पर्धी आचरणलाई फिर्ता लिनु र प्रतिस्र्धालाई पुनस्थापित गर्नु रहेको उनले बताएका छन्।

त्यस्तै ४८ राज्यका एटार्नी जनरलले हस्ताक्षर गरेको दायर गरेको मुद्दाका कारण फेसबुकले अभूतपूर्व चुनौतीको सामना गर्नुपरेको छ।

न्युयोर्क एटोर्नी जनरल लेटिटिया जेम्सले फेसबुकको अप्रतिस्पर्धी अभ्यासबारे अनुसन्धान गरिरहेकोबारे आफ्नो अफिसले नेतृत्व गरिरहेको बताएको १४ महिनापछि यो मुद्दा दायर गरिएको हो। संघीय ब्यापार आयोगले भने छुट्टै अनुसन्धान गरिरहेको थियो।

फेसबुकले झण्डै एक दशकदेखि आफ्नो प्रभुत्व र एकाधिकार प्रयोग गरेर साना प्रतिस्र्धीहरुलाई कुल्चिएर र प्रतिस्पर्धाबाट बाहिर निकालेको जेम्सले बताएकी छिन्।

१० मिलियन वा त्यो भन्दा माथिको मर्जर वा स्वामित्वमा फेसबुकले राज्यका अधिकारीहरुलाई जानकारी दिनुपर्ने माग समेत उक्त मुद्दामा गरिएको छ।

यसैबीच फेसबुककी उपाध्यक्ष जेनिफर न्युजस्टीडले आफ्नो कम्पनीले त्यस्ता स्वामित्वहरु बर्षौपहिले नै लिइसकेको उल्लेख गर्दै अमेरिकी सरकारले अमेरिकन विजनेशलाई कुनै पनि ब्यापार अन्तिम नभएको सन्देश दिन चाहेको आरोप लगाएकी छिन्।

प्रयोगकर्ता र साना विजनेशहरुले फेसबुकका निशुल्क र विज्ञापन सेवाहरु बाध्य भएर नभई फेसबुकले प्रभावकारी नतिजा दिने भएकाले प्रयोग गरिरहेको उनले बताएकी छिन्।

More News last news
Loading...