पोखरा । इजरायलले आगामी महिना देखि नेपालबाट केयर गिभर (हेरचाह कामदार) लैजाने प्रक्रिया शुरु गर्ने भएको छ।
नेपालका लागि इजरायली राजदूत हनान गोडरले आगामी महिना देखि केयर गिभरका लागि कामदार लैजाने प्रक्रिया शुरु गर्ने बताएका हुन्।
नेपालबाट इजरायलको नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र लागयतमा नेपाली केयर गिभर लैजाने सम्बन्धमा गत असोजमा सम्झौता भइसकेको छ।
सम्झौतापत्रमा असोज १४ गते इजरायलका लागि नेपालकी राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच श्रम सम्झौता भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
