काठमाडौँ । विप्लव समूहले मोरङमा भएको शिक्षक हत्याको जिम्मेवारी लिएको छ। मङ्गलबार राति एक विज्ञप्ति जारी गर्दै विप्लव समूहले शिक्षकको हत्याको जिम्मेवारी लिएको हो।
मृतक श्रेष्ठले आफ्नो समूहविरुद्ध विभिन्न गतिविधि गरेको, जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अपरेशन सञ्चालन गरेको र आफ्नो समूहका कार्यकर्ताका घरघरमा प्रहरी पठाएर आतङ्कित पारेको विज्ञप्तिमा भनिएको छ।
पटक–पटक सम्झाउँदा पनि शिक्षक राजेन्द्र श्रेष्ठले आक्रमण गर्न खोज्दा प्रतिकारको रूपमा उनको ज्यान गएको विज्ञप्तिमा उल्लेख छ।
मङ्गलबार बिहान सात बजेको समयमा आएका विप्लव समूहले मिक्लाजुङ १ बर्खेमा रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेका हुन्।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
