बनेपामा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । काभ्रेको बनेपामा आइतबार साँझ दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा काभ्रेको धुलिखेल नगरपालिका–८ भट्टीडाँडाका २८ वर्षीय सत्यमान तामाङ र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ का हरिकृष्ण बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

बनेपा नगरपालिका-६ मा ना १२ प ७४२९ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२०१७ प २७०८ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङ र बस्नेतको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

More News last news
Loading...