एजेन्सी । सन् १९१८ मा उनी जहाजमा जन्मिएकी थिइन्। त्यतिबेला स्पेनिस फ्लूको महामारी देखा परेको थियो । उक्त जहाजले इटालीका अप्रावासीहरुलाई न्युयोर्क लगिरहेको थियो। उनलाई जन्म दिनेबित्तिकै उनको आमाको मृत्यु भयो। उनका दुई जना दिदीहरुले उनको रेखदेख गरे।
११ सन्तानमध्ये फ्राइडम्यान मात्र अहिलेसम्म जीवित छिन् । उनकी छोरी जोआन मेरोला भन्छिन्, ‘बा र आमालाई सँगै क्यान्सर देखिएको थियो तर बुबा बिते आमा भने बाँचिन् ।’
कोरोना महामारीले विश्वभरकालाई प्रभावित बनाएको छ । न्युयोर्क निवासी यी वृद्धाले एकपटक होइन दुईपटक कोरोना संक्रमणबाट मुुक्त भएको उनकी छोरी बताउँछिन् ।
हाल उनी नर्थ वेस्टचेस्टर रेस्टोरेटिभ थेरापी एन्ड नर्सिङ सेन्टरको रेखदेखमा छिन् ।
अस्पतालमा सामान्य मेडिकल चेकअपका लागि गएकी फ्राइडम्यानलाई मार्चमा पहिलो पटक कोरोना पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
