तनहुँ आँबुखैरेनीका ८६ जना नेकपा कार्यकर्ता काँग्रेसमा प्रवेश

काठमाडौँ । तनहुँको आबुँखैरेनी गाउँपालिका–१ का ८६ जना नेकपा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । शनिबार गाउँपालिकाको बरादीमा आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसका प्रभावशाली नेता शंकर भण्डारीले उनीहरुलाई नेपाली काँग्रेसमा प्रवेश गराएका हुन्।

Advertisement

पूर्व मन्त्री समेत रहेका काँग्रेसका केन्द्रीय सदस्य भण्डारीले सत्तारुढ नेकपामा गैर लोकतान्त्रिक चरित्र बढ्दै गएको र विपक्षीलाई धरपकड गर्न थालेको भन्दै केही समयभित्रै नेकपा छाडेर काँग्रेस प्रवेश गर्नेको लर्को लाग्ने बताए।

आज (आइतबार) पनि तनहुँको भानु नगरपालिका लगायत विभिन्न स्थानमा काँग्रेसले कार्यक्रम आयोजना गरेको छ।

 

 

More News last news
Loading...