काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसमा पढाइ सुरु हुने भएको छ।
त्रिवि कार्यकारी परिषद्को बैठकको निर्णयपछि कोरोना संक्रमणका कारण रोकिएको पढाइ फेरि सुरु हुन लागेको हो।
त्रिविले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने जनाएको छ। भौतिक उपस्थितिमा सम्भव नभए अन्य वैकल्पिक विधि अपनाइनेछ।
त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डाक्टर पेशल दाहालका अनुसार पालिकाको स्वीकृतिमा भौतिक रुपमा उपस्थित भएर क्याम्पस सञ्चालन गर्न पाइन्छ। तर कोरोनाको जोखिम भएमा अनलाइनलगायतका वैकल्पिक विधिलाई निरन्तरता दिनुपर्छ।
‘कोरोनाको जोखिम नभएका ठाउँमा भने वैकल्पिक माध्यमबाट पढाउनुपर्ने आवश्यकता नै रहँदैन। भौतिक रुपमा उपस्थित भएर कक्षा सञ्चालन गर्न पालिकाले स्वीकृति नदिएको अवस्थामा भने वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गर्नुपर्छ।
जसरी भए पनि नियमित कक्षा भने सञ्चालन गर्नैपर्छ। त्यही भनेर देशभरका क्याम्पसलाई निर्देशन दिएका हौँ’ दाहालले भने।
अहिले पनि जुम्ला, भोजपुर, इलाम, तेह्रथुमलगायतका ठाउँमा शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन भइरहेका छन्। ती ठाउँमा पालिकाहरुले स्कुल समेत सञ्चालनका लागि अनुमति दिएका छन्।
अन्य पहाडी भेगमा पनि कक्षा सञ्चालन गर्न सक्ने अवस्था छ। त्यस्ता ठाउँमा पालिकासँग स्वीकृति लिएर भौतिक रुपमा नै कक्षा सञ्चालन गर्न सकिन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
