नगरपालिकाद्धारा नर्सरी कृषकलाई कृषि औजार वितरण

स्याङ्जाको पुतलीबजार नगरपालिकाका २८६ टोलका नर्सरी कृषकहरुलाई कृषि औजार, मुत्र संकलन तथा झोल मल ब्यवस्थापनका लागि ड्रम, जैविक खाद्य तत्व, लगायतका सामाग्रीहरु एक समारोहमा वितरण गरिएको छ।

पुतलीबजार नगरपालिका र यूएनडिपिको आर्थिक सहयोग र सूर्योदय क्लवको ब्यवस्थापनमा संचालित कोभिड-१९ उद्धार र आर्थिक सामाजिक प्रतिकार्य परियोजना अन्तरगत नगरका २८६ टोलबाट छनौट भएका नर्सरी कृषकलाई नर्सरी ब्यवस्थापन सम्बन्धि तालिम समेत दिइएको थियो।

Advertisement

नर्सरी तालिम प्राप्त किसानलाई कृषि औजार लगायतका समाग्री वितरण गरिएको हो । नगरका हरेक टोलमा नर्सरी किसानहरु मार्फत तरकारीका विरुवा उत्पादन गरि हरेक घर घरमा वितरण गरिएको थियो ।

काउली, बन्दा, ब्रोकाउली, रायो साग, मुला प्याज लगायतका करिव ५ लाख विरुवा वितरण भइ सकेको कार्यक्रम संयोजक एलिना ढकालले बताइन्।

औजार वितरण समारोहमा पुतलीबजार नगरप्रमुख सीमा कुमारी क्षेत्रीले पुतलीबजार नगरपालिकाले तरकारीमा आत्मनिरर्भर भइ निर्यात गर्ने योजना बनाएको र यस कार्यका लागि नगरले किसानहरुलाई आवश्यक सहयोग गर्ने बताइन्।

More News last news
Loading...