काठमाडौँमा राजतन्त्रको माग गर्दै प्रदर्शन

काठमाडौँ । राजतन्त्र पुनर्वहालीको माग गर्दै राजावादीहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्।

माइतीघरबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म जाने आयोजक राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७ ले जनाएको छ।

Advertisement

प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका छन्। उनीहरुले राजा आऊ, देश बचाऊ लगायतका नारा लगाएका थिए।

प्रदर्शनमा राप्रपाका विभिन्न नेताहरु सहभागी भएका थिए।

More News last news
Loading...