राप्रपाले समात्यो राजावादी आन्दोलनको नेतृत्व

काठमाडौँ । केही हप्तायता विभिन्न ब्यानरमा देशभर भइरहेका राजावादी आन्दोलनको लगाम राप्रपाले लिने घोषणा गरेको छ।

सायदै नाम सुनिएका त्यस्ता संगठनहरुको ब्यानरमा हजारौंको संख्यामा मानिसहरु देखिदा विभिन्न अड्कलवाजीहरु भएको थियो । तर, कसैले पनि मुख खोलेका थिएनन्।

Advertisement

राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले हिन्दुराष्ट्र र राजसंस्थाको मागसहित भइरहेको प्रदर्शनको लगाम समातेको छ। त्यो पनि राप्रपा अध्यक्ष कमल थापाले आज गृहजिल्ला मकवानपुरमा पार्टीको ब्यानरमा प्रदर्शन गर्न लगाएर।

मकवानपुरमा आज प्रदर्शनको आव्हान गरेर थापाले मुख फोरेका छन्। उनले प्रदर्शनपछि सामाजिक सञ्जालमा भनेका छन्, ‘हिन्दू राष्ट्र र राजसंस्थाको पुनः स्थापना तथा भ्रष्टाचार, बेरोजगार, धर्म परिवर्तनको विरुद्धमा अब हुने राष्ट्रवादी आन्दोलनको नेतृत्व राप्रपाले गर्नेछ ।’ उनले स्पष्ट रुपमा अहिले जारी राजावादीको प्रदर्शनको लगाम समातेको सन्देश दिएका छन्।

थापाले हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापना हुने दाबी समेत गरेका छन्। उनले राप्रपा बलियो भयो भने उद्देश्य पूरा हुने समेत बताएका छन्।

यसैगरी, प्रतिनिधिसभामा राप्रपाका एकमात्र सांसद राजेन्द्र लिङ्देनको गृहजिल्ला झापामा भोलि राजसंस्था र हिन्दूराष्ट्रको पुर्नस्थापनासहित जुलुसको तयारी भएको छ। झापा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि गृह जिल्ला हो।

More News last news
Loading...