चन्द्रागिरि हिल्सको साधारण शेयर बिक्री सुरु

काठमाडौँ । चन्द्रागिरि हिल्स लिमिटेडले साधारण शेयर बिक्री गर्न थालेको छ।

वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यका साथ सरकारले अगाडि बढाएको नीतिअनुसार कम्पनीले बुधबारदेखि साधारण शेयर बिक्री गरेको हो।

Advertisement

कम्पनीले स्थानीय आयोजना प्रभावितलाई साधारण शेयर बिक्री गर्न थालेको हो। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पहिलो चरणमा आयोजना प्रभावितलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो।

पहिलो चरणको साधारण शेयर बिक्री छिटोमा आउँदो पुस १ गतेसम्म र ढिलोमा आउँदो पुस १६ गतेसम्म हुनेछ। कम्पनीले आयोजना प्रभावितका लागि प्रति शेयर १०० रुपैयाँका दरले तीन लाख छ हजार ८१९ कित्ता बिक्री गर्नेछ।

आयोजना प्रभावित क्षेत्रमा काठमाडौँ​ जिल्लाअन्तर्गत चन्द्रागिरि नगरपालिका– ३, ४, ६ र ७ साविक थानकोट गाविसका सम्पूर्ण वडा र साविक महदेवस्थान गाविसको वडा नं ३,४,५,६,७,८, एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका–९ र १० छन् ।

बिक्री प्रबन्धकका अनुसार कम्पनीको साधारण शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम तीन हजार ६० कित्तासम्म आवेदन दिन सकिनेछ । यस्तै दोस्रो चरणमा आम सर्वसाधारणका लागि १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्री गरिनेछ।

More News last news
Loading...