काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीले सरकारको चरित्र उदाङ्गो बनाएको बताएका छन्।
तनहुँको दमौलीमा पुल उद्घाटनमा काँग्रेस र नेकपा कार्यकर्ताबीच विवाद हुदा पुल उद्घाटन गर्न गएका नेता पौडेललाई आज प्रहरीले हिरासतमा लिएपछि नेता थापाले यस्तो टिप्पणी गरेका हुन्।
थापाले नेता पौडेलको गिरफ्तारी स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया नभएर नियोजित भएको बताएका छन्।
उनले यो घटना राजनीतिक प्रतिशोध हो र शक्ति उन्माद हो भन्दै यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ। साथै नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यो महँगो पर्ने चेतावनी पनि दिएका छन्।
उनले भनेका छन्, “नेका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन, होइन। यो नियोजित हो,राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो। यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, यो तपाईँका लागि निकै महँगो पर्नेछ।”
नेका वरिष्ठ नेता @NcPaudel को गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन,होइन।यो नियोजित हो,राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो।यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ। @PM_Nepal यो तपाईँका लागि निकै महँगो पर्नेछ।
— Gagan Thapa (@thapagk) December 2, 2020
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
