पछिल्लो २४ घण्टामा थप १३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १३०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८३ जनाको पीसीआर परीक्षण हुँदा ५०१ महिला र ८०३ पुरुषसहित थप १३०४ जनामा कोराना संक्रमण पुष्टि भएको हो।

Advertisement

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ भने बितेको २४ घण्टामा थप २०७३ जना निको भएसँगै कुल निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ जना रहेका छन्।

More News last news
Loading...