काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ।
यससँगै देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २९ जनाले संक्रमणकै कारण ज्यान गुमाएका हुन्।
यस्तै पछिल्लो २४ घण्टामा १४७४ जना संक्रमित थपिएका छन् भने १९३१ जना निको भएका छन्।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ भने निको हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ। हाल कोरोना निको हुने दर ९१.९ प्रतिशत रहेको छ।
अब देशभर १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ९ हजार ९११ जनाको परीक्षण भएसँगै कुल परीक्षण संख्या १७ लाख ३७ हजार ७४७ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
