चरा ठोक्किएपछि कैलाश एयरको हेलिकप्टर आकस्मिक अवतरण

काठमाडौँ । नुवाकोटमा कैलाश एयरको हेलिकप्टर ठूलो दुर्घटनाबाट बचेको छ।

बागलुङबाट काठमाडौँ आउँदै गरेको हेलिकप्टर चरासँग ठोक्किएपछि चालकले नुवाकोटमा आकस्मिक अवतरण गरेको प्रदेश ३ का प्रमुख डीआईजी बसन्त लामाले जानकारी दिए।

Advertisement

हेलिकप्टरमा रहेका सबै ६ जना सकुशल रहेका छन्, एक जना यात्रुको घुँडामा सामान्य चोट लागेको जानकारी आएको लामाले बताए।

चरासँग ठोक्किएपछि हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको छ। उक्त हेलिकप्टरका यात्रु लिन अर्को हेलिकप्टर पठाइएको छ।

More News last news
Loading...