काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा आइतबार थप १२ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको जनाए।
देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ९ सय ९ जना रहेको छ।
२४ घण्टामा १४ सय ४ जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १७ लाख २७ हजार ८३६ परीक्षणहरु गरिएका छन्।
त्यसैगरी २४ घण्टामा २५ जनाको मृत्यु भएको छ। हालसम्म मृतकको संख्या १४ सय ७९ पुगेको छ। क्वारेन्टाइनमा रहनेको संख्या ६ सय ३२ रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
