काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन्।
अञ्जनले ६२ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले ३७ मत प्राप्त गरे। २ मत बदर भए। अञ्जन वरिष्ठ उपाध्यक्षका उमेदवार किशोर प्रधान प्यानलका हुन्।
यस्तै गरी महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन्।
शनिबार भएको चुनावको सार्वजनिक मतपरिणाम अनुसार ढकालले आफ्ना प्रतिद्धन्दी किशोर प्रधानलाई १६६ मतान्तरले हराएका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
