काठमाडौँ । मुलुकभर पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५४६ महिला र ८ सय ३४ पुरुष गरी १ हजार ३ सय ८० कोरोना संक्रमित थपिएका शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ। मन्त्रालयका अनुसार हालसम्म १७ लाख १९ हजार ८ सय २८ पीसीआर परीक्षण भएका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर ५ सय १५ जना डिस्चार्ज भएका छन्। सक्रिय संक्रमितको संख्या १८ हजार ८३ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ५४ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
