स्याङ्जा । माछा मारेर गुजरा चलाउदै आएका पुतलीबजार नगरपालिका–१३, को माझी बस्तीमा पुतलीबजार नगरपालिका कार्यालयले कुखुराका खोर निर्माण गरिदिएको छ।
माझीहरुको आयआर्जनमा सहयोग होस् भनेर पुतलीबजार नगरपालीकाले खोर निर्माण गरिदिएको हो।
पालीकाले कुखुराको खोरमा आवश्यक पर्ने औजार तथा कुखुराका चल्ला, दाना र औषधी व्यवस्था गरिदिएको स्थानीय उमामायाँ माझीले जानकारी दिईन् । उनले आफुहरुलाई पालीकाले धेरै सहयोग गरेको बताउदै आवश्यक परेका सामाग्री माग गर्ने बताइएन्।
पुतलीबजार नगरपालिकाले माझी बस्तीका २४ घरधुरीहरुमा ३० लाखको लगानीगरी २४ वटा कुखुराका खोर, २ वटा घर र गोरेटो बाटो निर्माण गरिदिएको छ। २४ घरधुरीका १ सय २५ जना माझीहरु लाभान्बीत भएका छन् । त्यसैगरी पालीकाले कुखुरालाई आवश्यक पर्ने दाना र औषधी पनी उपलब्ध गराएको छ।
माझी बस्तीको अवलोकन गर्दै पुतलीबजार नगरपालिकाकी नगरप्रमुख सिमाकुमारी क्षेत्रीले उनीहरुको दयानीय स्थीती देखेर संघ सरकारसग समन्वय गरी ३० लाख माझी बस्तीमा सहयोग गरेको जानकारी दिईन्।
नगरप्रमुख क्षेत्रीले माझी बस्तीको उत्थानका लागि अझै पुतलीबजार नगरपालिकाले सहयोग गर्न चाहेको बताईन्।
पुतलीबजार नगरपालिकाको कार्यालयबाट आर्थीक तथा प्राविधिक सहयोग पछि नेपालबाटै लोपउन्मुख अवस्थामा रहेको माझी बस्तीको मुहारै फेरीएको छ। माझी बस्तीमा खरले छाएका पुराना घरहरुलाई अहिले जस्ताले सझाइएको स्थानीयहरुको भनाई रहेको छ।
साना साना बच्चा बच्ची अध्यानका लागि विद्यालय जाने गरेपनी बयस्क युवा युवतीहरु र जेष्ठ नागरीकहरु माछा मार्ने र गिटी बालुवा बोकेरा गुजारा चलाउदै आएका छन्। उनीहरुलाई व्यवहारीक बनाउन कुलतबाट बचाउनु पर्ने देखिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
