काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ८३५ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार संक्रमित हुनेमा ३५० महिला र ४८५ पुरुष रहेका छन्।
मन्त्रालयका अनुसार काठमाडौंमा ६३५, भक्तपुरमा ८७ र ललितपुरमा ११३ जना नयाँ संक्रमित थपिएका हुन् ।
देशभर बुधबार संक्रमित पुष्टि हुनेमा १ हजार ९४८ जना रहेका छन्। यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार १४० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्।
नेपालमा यो सँगै निको हुनेको २ लाख ७ हजार ९९८ पुगेको छ। साथै २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
