काठमाडौँ । आज (मंगलबार) पछिल्लो २४ घण्टामा थप १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ। मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ८१ हजार २९९ परीक्षणहरु गरिएका छन्।
देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १७ हजार ८५९ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६२७ जना रहेका छन्।
मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ७९१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख ४ हजार ८५८ पुगेको छ।
त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
