काठमाडौँ । आज (आइतबार) पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले यो सँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको जानकारी दिए।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ६० हजार ७५ परीक्षणहरु गरिएका छन्।
२४ घण्टामा जम्मा ८ हजार ३२ पीसीआर परीक्षण भएका छन्। देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १९ हजार ९६३ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६८६ जना रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
