क्यानले बन्द प्रशिक्षणका लागि बोलायो २२ खेलाडी

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणको लागि २२ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ।

मंसिर १० गतेदेखि सुरु हुने बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको क्यानले जनाएको हो।

Advertisement

कोरोनाको जोखिम रहेकाले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर बन्द प्रशिक्षण गरिने क्यानले जनाएको छ । क्यानले पर्सि खेलाडीको पीसीआर परीक्षण गर्ने भएको छ।

कोरोना भाइरसको महामारीको कारण नेपालले ९ महिनापछि बन्द प्रशिक्षण गर्न लागेको हो।

More News last news
Loading...