पोखरा महानगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

पोखरा । पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्ने अत्यावश्यक बाहेकका सेवा एक साता स्थगन गरिएको छ।

महानगरपालिकाले आज सूचना जारी गरी महानगरमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले अत्यावश्यक बाहेकका सेवा आगामी मङ्सिर १२ गतेसम्म स्थगन गरिएको जनाएको छ।

Advertisement

महानगरका एक तिहाई कर्मचारीबाट सेवा प्रवाह गर्नु पर्ने भएकाले जरुरी र अत्यावश्यक काम नपरी महानगर तथा वडा कार्यालयमा नआउन सेवाग्राहीलाई आग्रह गरिएको छ।

महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङसहित प्रमुखको सचिवालय, प्रशासन, लेखालगायत शाखा कार्यालयका गरी २७–२८ जना कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएकाले सेवा प्रभावित भएको र एक साता सेवा बन्द गरिएको प्रवक्ता धनबहादुर नेपालीले बताए।

महानगरको बिहीबार बसेको कार्यपालिका बैठकले शुक्रबार सार्वजनिक बिदा दिने र एक साता जरुरी बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको थिए ।

More News last news
Loading...