काठमाडौँ । आज भाईटिकाकै दिन सवारी दुर्घटनामा परि दाङमा एक संचारकर्मीको मृत्यु भएको छ।
मृत्यु हुनेमा दाङको तुलसीपुरबाट प्रसारण हुने रेडियो हाम्रो पहुँचमा सहायक प्राविधिकका रुपमा कार्यरत तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निबासी २२ वर्षीया मनिषा लामिछाने रहेकी छिन।
आज दिउँसो बिजौरीबाट उनी कार्यरत रेडियो हाम्रो पहुँच एफएम तर्फ जाँदै गरेको रा १ प ६७२१ नम्बरको मोटरसाईकललाई तुलसीपुरको गुल्म चोकमा लु.अ.अ.क ३९४६ नम्बरको स्कारपियोले ठक्कर दिँदा मोटरसाईकल चालक मनिषाका २४ वर्षीय दाजु बिराज लामीछाने घाइते भएका थिए।
घाइते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहोलपुर लगिएको थियो। घाइते दाईको अवस्था भने सामान्य नै रहेको बताइएको छ।
मनिषाको उपचारको क्रममा कोहलपुरमा साढे चार बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिँहले जानकारी दिए।
ठक्कर दिने गाडी अहिले प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक प्रहरीकै सम्पर्कमा रहेक डीएसपी सिंहले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
