काठमाडौं । कोरोना संक्रमित पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ।
जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष समेत रहेका डा. भट्टराई तथा उनकी श्रीमती हिसिला यमीको तेस्रो पटकको परीक्षण पनि पोजेटिभ देखिएको हो।
यसअघि दुई पटकको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो। डा. भट्टराईले ट्वीट गर्दै स्वास्थ्य सुधारोन्मुख भए पनि फेरि आइसोलेशनमै बस्नुपर्ने रिपोर्ट आएको बताएका छन् ।
डा भट्टराई कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेका बेला तराईका जिल्लामा आयोजित पार्टीका विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।
कात्तिक ८ गते उहाँहरू दुबै जनाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
