लक्ष्मीपूजाको दियोबाट आगो सल्किँदा किशोरीको मृत्‍यु

वीरगञ्ज । पर्सामा घरमा बालिएको दियोबाट आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

शनिबार राति भएको आगलागीमा बहुदरमाई नगरपालिका–८ रामनगरी बस्ने मनबोध साहकी छोरी १५ वर्षिया मनाकुमारी साहको मृत्यु भएको हो।

Advertisement

लक्ष्मीपूजापछि घरमा बालिएको दियोबाट आगालागी भएको थियोे।

आगलागी हुँदा घरमै सुतिरहेकी उनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। घरका अन्य सदस्यले भने भागेर ज्यान जोगाएका थिए।

आगलागीबाट फुसको घरमा रहेको लत्ताकपडा, खाद्यान्नलगायतका सामग्रीहरु जलेर नष्ट भएको छ।

करिब ५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ।

शव पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ।

More News last news
Loading...