राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

शनिबार अपराह्न राष्ट्रपति निवास शीतल निवासमा भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र नेकपाभित्र देखा परेको सङ्कटका बारेमा कुराकानी भएको बताइएको छ।

Advertisement

पार्टी अध्यक्षसमेत रहेका ओलीविरूद्ध अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरोप नै आरोप लगाउँदै प्रतिवेदन पेस गरे पछि भन्दै ओली रुष्ट बनेका छन्।

प्रधानमन्त्री ओली पनि कसरी अगाडि बढ्ने भनेर परामर्श गरिरहेका छन्। शनिबार मात्रै उनले आफूनिकट नेताहरूसँग बालुवाटारमा परामर्श गरेका थिए।

More News last news
Loading...