काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।
पार्टीभित्रको विवाद समाधान गर्न लगातार भइरहेका छलफलबाट सहमति नजिक पुगेकाले आज बैठक बस्न लागेको नेपाली काँग्रेसले जनाएको छ।
आज पनि छलफल गरी सहमति भएका विषयलाई दिउँसो बस्ने केन्द्रीय समितिको बैठकमा लगेर पारित गर्ने तयारी भैरहेको पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यसमिति बैठक दिउँसो एक बजे बस्नेछ। काँग्रेसमा क्रियाशील सदस्यता वितरण लगायतको विवाद छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
