काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि चारवटै सीमामा लगाइँदै आएको प्रतिबन्ध मङ्सिर ३० गतेसम्म लम्ब्याइएको छ।
मन्त्रिपरिषद्को बैठकले कोरोनाको जोखिम कायमै रहेको भन्दै मङ्सिर ३० गतेसम्मका लागि सीमामा लगाइँदै आएको प्रतिबन्धलाई लम्ब्याइएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए।
यसअघि गएको चैत ११ गतेदेखि कात्तिक ३० गतेसम्म सरकारले सीमामा प्रतिबन्ध लगाएको थियो। यस्तै सरकारले आयातित पुस्तकमा लगाइएको भन्सार कर हटाउने निर्णय गरेको छ।
गएको २४ गते बसेको मन्त्रिपरिषद् बैठकले पुस्तकमा लाग्ने कर हटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले जानकारी दिए।
किताबमा भन्सार लगाइएको भन्दै स्वदेशी प्रकाशकहरू यसको विरोधसँगै आलोचना गर्दै आएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
