उपत्यकाबाट प्रकाशित हुने तीनवटा राष्ट्रिय दैनिकका कार्यालय अगाडि धर्ना

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले बुधबार काठमाडौँ उपत्यकाबाट प्रकाशित हुने तीन वटा राष्ट्रिय दैनिकका सञ्चार गृह अगाडि धर्ना दिएको छ।

कालो ब्यानरसहित अन्नपूर्ण पोस्ट, राजधानी दैनिक र कारोबार दैनिक अगाडि बुधबार दुई घण्टा धर्ना दिएको महासङ्घले जनाएको छ।

Advertisement

पत्रकारलाई तलब दिन र कोरोना महामारीको नाममा निकालिएका पत्रकारलाई पुनर्बहाली गर्न माग गर्दै धर्ना दिइएको महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले बताए।

More News last news
Loading...