काठमाडौं । राजधानीको बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेजले कोरोना संक्रमित बिरामीको लागि आईसीयू र भेन्टिलेटर सञ्चालनमा ल्याएको छ।
कोरोना संक्रमित बिरामीको उपचारका लागि गर्न सुचिकृत भई सेवा दिदै आएको अस्पतालले कोभीड १९ का बिरामिका लागि १२ वटा आईसीयू, ६ वेड भेन्टिलेटर सञ्चालनमा ल्याएको हो।
उपत्यकामा कोरोना संक्रमित बढ्दै गएको र आईसीयू तथा भेन्टिलेटरको अभाव भएपछि अस्पतालको क्षमता विस्तार गरिएको अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले जानकारी दिए।
यस्तै, अस्पतालमा कोभिड १९ संक्रमितकै लागि दक्ष चिकित्सक तथा नर्सहरु चौविसै घण्टा खटिरहेको समेत उनले बताए।
२०० बेडको कोभिड १९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको केडीसीले यसअघि अस्पतालले लक्षण नभएका र सामान्य लक्षण भएका बिरामीलाई मात्रै अस्पतालमा भर्ना लिदै आएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
