नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्न सिफारिस

काठमाडौँ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न सिफारिस गरेको छ।

सीसीएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले दक्षिण एसियालगायतका उपयुक्त गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो।

Advertisement

केबलकार सञ्चालन, जंगल सफारी, साहसिक पर्यटनलगायतका पर्यटन गतिविधि खुला गर्ने पनि सीसीएमसीको प्रस्ताव छ।

बैठकले कोरोना महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेकाहरुको उद्धार अन्त्य गर्ने निर्णय पनि गरेको छ।

सीसीएमसी सदस्य सचिव महेन्द्र गुरागाईंका अनुसार हालसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार भएको छ।

सीसीएमसीले विदेशबाट आउन खुला रहने अन्तर्राष्ट्रिय सीमा नाकामा बैतडीको झुलाघाटलाई पनि थप्न सिफारिस गरेको छ।

साथै कूटनीतिक नियोगका कर्मचारीका परिवारलाई नेपाल आउन दिने निर्णय भएको छ।

More News last news
Loading...