पोखरा । पोखरामा उपचाररत एक महिलाको बिहीबार कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत तनहुँ व्यास ५ की ८२ वर्षीया संक्रमित महिलाको विहान ७ बजे मृत्यु भएको स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।
यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
