मुम्बई इण्डियन्स आईपीएलको फाइनलमा प्रवेश, दिल्ली पराजित

एजेन्सी । मुम्बई इण्डियन्स यूएईमा जारी १३औं संस्करणको इन्डियन आईपीएल टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

दुबईमा बिहीबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको हो।

Advertisement

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनाएको थियो।

जितसँगै मुम्बईले यस सिजन लगातार तेस्रो खेलमा दिल्लीलाई पराजित गरेको छ । लिग चरणको दुई खेलमा पनि मुम्बईले दिल्लीलाई हराएको थियो।

साविक विजेतासमेत रहेको मुम्बईले अब उपाधिका लागि दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ।
दिल्लीलाई समेत फाइनल पुग्ने अझै अवसर रहेको छ। तर, फाइनल पुग्नको लागि दिल्लीले दोस्रो क्वालिफायरमा जित निकाल्नु पर्नेछ।

अब दिल्लीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ।

More News last news
Loading...