सूर्य बहादुर केसीको ठाउँमा कांग्रेसबाट स्याङ्जाका पाण्डे सांसद बन्‍ने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएकाले रिक्त पदमा स्याङ्जाका मोहनप्रसाद पाण्डे सांसद बन्ने भएका छन्।

समानुपातिकतर्फको खसआर्य क्लस्टरबाट सांसद भएका केसीको निधन भएपछि पाण्डे सांसद बन्‍ने भएका हुन् ।

Advertisement

पाण्डेलाई केसीको ठाउँमा सांसद बनाइने कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्ण पौडेलले जानकारी दिए। उद्योगीसमेत रहेका सांसद तथा कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य केसीको सोमबार राति पोखरामा निधन भएको थियो।

पाण्डेलाई सांसद निर्वाचित गर्नका लागि संघीय संसद् सचिवालयले निर्वाचन आयोगलाई सांसद केसीको निधन भएको जानकारी गराएपछि क्लस्टरअनुसार सिफारिस गर्न पार्टीलाई चिठी लेख्ने छ।

More News last news
Loading...