सप्तरीमा कार र रिक्सा ठोक्किँदा २ जनाको मृत्यु, ५ घाइते

काठमाडौँ । सप्तरीमा रिक्सा र कार एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझियामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २१ च ६३९ नम्बरको कार र पश्चिमतर्फबाट पूर्वतर्फ जाँदै गरेको को २ ह ३४९८ नम्बरको सिटी रिक्सा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएका मध्ये हनुमाननगर कंकालिनी नगरपालिका वडा न. २ का ७० वर्षीय द्वारिकालाल दास र त्यही नगरपालिका वडा नं. १ का ७० वर्षीय बद्रि मुखियाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

दुवैजनाको कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।

More News last news
Loading...