राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना संक्रमित

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाले बिहीबारदेखि प्रशिक्षणमा बोलाएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएका हुन् ।

Advertisement

कोरोना देखिएका चार जना खेलाडी सेल्फ आइसोलेशनमा बसेका एन्फाले जनाएको छ। नेपालले बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि हिजोदेखि प्रशिक्षण सुरु गरेको हो।

त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा सुरु भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित छन्। नेपालले बङ्गलादेशसँग बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूर्ण खेल आउँदो कात्तिक २८ गते तथा दोस्रो मैत्रीपूर्ण खेल मङ्सिर २ गते खेल्ने तय भएको छ । एन्फाले खेलाडीलाई त्रिपुरेश्वरमा रहेकाे वर्ल्ड ट्रेड सेन्टरमा राखेको छ।

प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद् राखेपले एन्फालाई अनुमति दिएको हो । नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी सुरु गरेको छ।

मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेकाले एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो। रासस

More News last news
Loading...