काठमाडौं । प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक (आज) शुक्रबार बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न १ बजे बस्ने काँग्रेसले जनाएको छ।
पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुन पार्टीले अनुरोध गरेको छ।कांग्रेसले फागुन ७ देखि १० गतेसम्म पार्टीको १४औं महाधिवेशन गर्ने गरी तालिका सार्वजनिक गरे पनि अहिलेसम्मको तयारीले त्यो संभावना निकै कमजोर देखिएको छ।
अधिकाँश नेताहरूले फागुनमा संभव नहुने भन्दै मिति सार्न सुझाव दिएका छन्। संभवतस् शुक्रबारको बैठकमा महाधिवेशनको कार्यतालिका परिवर्तनबारे छलफल भएर निर्णय हुनेछ।
महाधिवेशनको मिति सर्ने लगभग निश्चितजस्तै भएको एक केन्द्रिय सदस्यले अन्नपूर्ण अनलाइनसँग बताए। असार १३ गतेको केन्द्रीय समितिको बैठकले संशोधित कार्यतालिका पारित गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
