माओवादी केन्द्रको अध्यक्षबाट बाहिरिए गोपाल किराँती

काठमाडौं । पुनर्गठित माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले पार्टी अध्यक्षबाट राजीनामा दिएका छन् ।

पार्टीभित्र अल्पमतमा परेपछि किराँतीले राजीनामा दिएका हुन्। उनको राजीनामापछि वरिष्ठ उपाध्यक्ष तिलक थापामगरलाई पार्टी अध्यक्षको जिम्मेवारी दिइएको छ।

Advertisement

पार्टीमा अल्पमत बहुमत भन्दा पनि स्वास्थ्यका कारण किरातीले अध्यक्षको जिम्मेवारी छोडेको महासचिव कर्णजित बुढाले बताए।

मंसिर पहिलो साता पार्टीको केन्द्रीय कमिटी बैठकले नयाँ नेतृत्व चयन गर्ने बुढाले बताए।

एमाले–माओवादी एकता भएपछि किराँतीले माओवादी केन्द्र पुनर्गठन गरेका थिए। किराँतीले झण्डै तीन वर्ष पार्टी अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।

More News last news
Loading...