टिकाकै दिन कोरोनाबाट तनहुँमा एक पुरुषको मृत्यु

तनहुँ । वडा दशैको टिकाकै दिन तनहुँमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ। शुक्लागण्डकी ४ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार बिहान ९ बजेर १० मिनेटमा ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको हो। उनमा गत कार्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

Advertisement

उनमा कोभिड १९ सँगै बिलेटरल निमोनिया तथा कार्डियो पल्मोनरी एरेस्ट लगायतका समस्या रहेको श्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए।

योसँगै तनहुँमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ ।

More News last news
Loading...