पैसा नहुने कोरोना संक्रमितको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्‍त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च नभएका कोरोना सङ्क्रमितको निःशुल्क उपचार गर्न अस्पताललाई निर्देशन दिएको छ।

कतिपय अस्पतालले बिरामी भर्ना गर्नकै लागि रकम माग गरेको र रकम जम्मा गर्न नसक्ने उपचारबाट बञ्चित भएको भन्दै गुनासो आएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

Advertisement

गुनासो आएको भन्दै मन्त्रालयले उपचार खर्च तिर्न सक्दिन भनी स्वस् घोषणा गरेका सबै बिरामीको निःशुल्क उपचार गर्न भनेको छ।

उपचारको खर्च तिर्न सक्दिन भन्नेको उपचार सरकारले नै गर्ने मन्त्रालयले विज्ञप्तिमा प्रष्ट पारेको छ। उपचार खर्च बुझाउन नसकेर कुनै सङ्क्रमितको स्वास्थ्यमा असर परेमा सम्बन्धित अस्पतालनै जिम्मेवार हुने चेतावनीसमेत मन्त्रालयले दिएको छ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमका कोअर्डिनेटर डा गुणराज लोहनीले सार्वजनिक गरेको विज्ञप्तीमा सबै सरकारी, सामुदायिक, निजी, गैरसकारी अस्पताल तथा मेडिकल कलेजलाई सम्बोधन गर्दै उपचार खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्न भनिएको छ।

More News last news
Loading...