काठमाडौँ । दशैँको बेला नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको आज मृत्यु भएको छ।
घोडाघोडी नगरपालिका– ५ सरैयाकी आठ वर्षीया अर्चना विष्ट र नौ वर्षीया अस्मिता ढुङ्ग्यालको कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुवै बालिका मृतावस्थामा भेटिएको जानकारी दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
