नक्सा सानो भएकाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नदेखिएको हो: सूर्य थापा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत दशैँको शुभकामना दिँदा कालापानी, लिम्पीयाधुर र लिपूलेक नभएको नेपालको नक्सा प्रयोग नभएको भन्दै सचिवालयले स्पष्टिकरण दिएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस नोट जारी गर्दै निशान छापमा रहेको नक्सालाई विवादमा तान्न खोजिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

Advertisement

उनले नक्साको सानो आकार प्रयोग गर्दा नक्साको चुच्चो नदेखिनु स्वभाविक भएको बताए।

सल्लहकार थापाले भनेका छन्, ‘केही ठूलो आकारको सोही नक्सामा प्रष्ट देख्न सकिन्छ । डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्साको राजनीति र अफवाह फैलाउन उद्यत सबैलाई तथ्यको आधारमा सत्यको नजिक पुग्नसमेत आग्रह गर्दछु।’

नेपालको निशान छाप औपचारिक प्रयोजनका लागि संसद्ले नै पारित गरेको हुनाले संविधन संशोधन गरिएको जानकारी गराउँदै थापाले पास भएको केहि समयमै योजनाबद्ध ढंगले भ्रम छर्न खोज्नु अनुचित हुने बताए।

उनले भनेका छन्, ‘लिम्पियाधुरासहितको नेपालको नक्सा प्रकाशन गर्ने निर्णय, निशान छापमा प्रकाशित नयाँ नक्साको औपचारिक प्रयोगका लागि संसदको सर्वसम्मतिमा संविधान संशोधन नै गरिएको हो। तदनुरूप अगाडि बढ्ने ऐतिहासिक कदम सम्माननीय प्रधानमन्त्रीकै दृढ र साहसिक नेतृत्वमा चालिएको धेरै समय भएको छैन। अहिले यस विषयमा योजनबद्द रूपमा सिर्जना गर्न खोजिएको भ्रम अनुचित छ।’

उनले कुनै भ्रम र कुप्रचारको अन्योलमा नपर्न सबैमा अनुरोधसमेत गरेका छन्। आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले दशैँको शुभकामना दिँदै ट्वीट गरेका थिए।

नेपालको नक्सामा कालापानीसहितको नक्सा नसमेटिएको भन्दै विभिन्न राजनीतिक दलका नेतासहित धेरैले आलोचना गरिरहेका छन्।

More News last news
Loading...