बागमती प्रदेशका मुख्यमन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौँ । कोरोना संक्रमणपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ।

उनलाई शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमा काठमाडौँ ल्याइएको र गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि लगिएको प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।

Advertisement

उनका अनुसार मुख्यमन्त्री पौडेलको अवस्था सामान्य छ। बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि पौडेल होम आइसोलेसनमा नै थिए।

तर हालै मुटुको अपरेसन गरेका कारण समयमा नै उपचारमा सचेतता अपनाएको दाहालले बताए।

More News last news
Loading...