पूर्वमन्त्री बाँस्कोटा दम्पतीलाई सङ्क्रमण

काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण भएको छ।

पीसीआर परीक्षणका क्रममा आज उनकी धर्मपत्नी तारा मानन्धरसँगै आफूलाई सङ्क्रमण देखिएको बास्कोटाले जानकारी दिए।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बाँस्कोटाले आफूले दश दिनयता कसैलाई नभेटेको र आफूलाई लक्षण नदेखिएको पनि उल्लेख गरे।

More News last news
Loading...